समाजवादी मोर्चाले भोलि (चैत १५ गते) गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको विरोध प्रदर्शनको रुट सार्वजनिक गरेको छ।
शुक्रबार बिहान ११ बजेदेखि काठमाडौँको विभिन्न स्थानबाट जुलुस निकालिने र प्रदर्शनी मार्गमा सभा गरिने समाजवादी मोर्चाले जनाएको छ।
माओवादी केन्द्र, नकेपा एकीकृत समाजवादी, नेपाल समाजवादी र विप्लव नेतृत्वको नेकपा आवद्ध समाजवादी मोर्चाले सरकारका गलत क्रियाकलापको विरुद्धमा र गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेका हुन्।
सभाअघि काठमाडौँका सातवटा रुटहुँदै प्रदर्शन गरिने मोर्चाले जनाएको छ। चार राजनीतिक दलले विभिनन् रुटबाट प्रदर्शनकाे नेतृत्व गर्ने तय भएकाे छ। दिउँसाे १ बजेदेखि हुने वृहत जनसभाको मन्च भने भृकुटीमण्डपबाट निस्कने चोकमा टी आकारमा निर्माण गरिने मोर्चाले जनाएकाे छ।
माेर्चाका अनुसार रुट नम्बर–१ का रुपमा कोटेश्वर–नयाँ बानेश्वर–माइतीघर–भद्रकाली–भृकुटीमण्डप (भद्रकालीतर्फ मुख्यसडकमा नै रहने) छ ।
रुट नम्बर–२ मा कुपन्डोल–त्रिपुरेश्वर–सुन्धारा–शान्ति बाटिका–भृकुटिमण्डप (रत्नपार्कतर्फको भागमा नै रहने) छ भने रुट नम्बर–३ मा सोह्रखुट्टे–लैनचौर–नागपोखरी–पुतलीसडक–भृकुटीमण्डप (आर.आर. क्याम्पसतर्फको भागमा नै रहने) छ।
जुलुस सोह्रखुट्टे चोक, बबरमहल (पुलको छेउ), कुपण्डोल (हनुमानथान), त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड गेट, मैती देवी चोकमा भेला भएर सुरु हुनेछ।
यी हुन् सातवटा रुट
Shares

प्रतिक्रिया