राजनीति


प्रधानमन्त्री ओलीले माओवादी सशस्त्र युद्धलाई भने: ‘राष्ट्रिय गल्ती’

प्रधानमन्त्री ओलीले माओवादी सशस्त्र युद्धलाई भने: ‘राष्ट्रिय गल्ती’

नेपालखबर
चैत १४, २०८१ बिहिबार १२:३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सशस्त्र द्वन्द्वलाई ‘राष्ट्रिय गल्ती’को संज्ञा दिएका छन्।

आज काठमाडौँमा संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले देशले अनावश्यक हिंसा भोग्नुपरेको टिप्पणी गरेका हुन्।

माओवादीलाई संकेत गर्दै उनले हिजो गल्ती गरेकामा जनताका अगाडि आत्मालोचक भएर पेस हुनुपर्ने बताए। 

‘पीडामा मल्हम लगाउने ठाउँमा किन ग्लोरिफाई गरिरहेका छौँ? उधुम गरेका थियौँ, राम्रो गरेका थियौँ, यही हो राम्रो’, उनले भने, ‘त्यो एउटा राष्ट्रिय गल्ती थियो, त्रुटि थियो। त्यसलाई सच्याउनुपर्छ।’ 

ओलीले आगामी दिनमा सोही घटना नदोहोरिने प्रतिबद्धता जनाउनुपर्ने सुझाव पनि दिए।

'अलिकति रिसउठ्यो भने- फेरि फेरि भन्ने। बिसाएका हौँ छोडेका हौँ भन्ने यस्तो तरिकाले हुँदैन' ओलीले भने।

उनले शान्ति प्रक्रियाका काम टुंग्याउन समय लम्बिएको गुनासो गरे। 

'लामो समय लाग्यो, नलाग्न पर्ने समय लाग्यो,' उनी भन्छन्, 'आयोगहरू सफल हुन सकेनन् । के के आइपर्‍यो, आयोग जानून्। दुर्भाग्यको कुरा हो।'

साथै उनले अब बन्ने सत्यनिरुपण र बेपत्ता आयोग भने सफल हुने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad