राजनीति


ओली, देउवा र प्रचण्ड एउटै कार्यक्रममा

संक्रमणकालीन न्याय सम्बन्धी सम्मेलनको संयुक्त उद्घाटन
ओली, देउवा र प्रचण्ड एउटै कार्यक्रममा

नेपालखबर
चैत १४, २०८१ बिहिबार १०:३७, काठमाडौँ

प्रमुख राजनीतिक दलका तीन शीर्ष नेताले आज काठमाडौँमा आयोजित एक कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका छन्। 

‘नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार’ सम्बन्धी राष्ट्रिय सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। 

एभरेष्ट होटलमा बानेश्वरमा अहिले सम्मेलन चलिरहेकाे छ।

गएको सोमबार मात्रै तीनजना शीर्ष नेताले संक्रमणकालीन न्यायका संयन्त्रमा पदाधिकारी छनोट गर्ने सहमती जुटाएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad