राजनीति


कुलमानलाई हटाएको विषयमा जवाफ दिन आवश्यक छैन: प्रधानमन्त्री ओली

कुलमानलाई हटाएको विषयमा जवाफ दिन आवश्यक छैन: प्रधानमन्त्री ओली

नेपालखबर
चैत १३, २०८१ बुधबार १७:२३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाएको विषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन्।

राष्ट्रिय युवा सङ्घ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलामा प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गरे। एकजनालाई हटाएर अर्कोलाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाई थियो। प्रधानमन्त्री ओलीले अरुलाई सहयोग हुने गरि जसलाई भन्यो त्यसैलाई नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर गरे।

प्रधानमन्त्रीले चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको आरोप लगाउँदै हल्का र उत्ताउलो नहुन विपक्षीलाई सुझाव दिए।

प्रधानमन्त्रीको सवालमा जथाभावी नबोल्न चेतावनी दिदै ओलीले बिपक्षी दल चिसै पानीले नुहाउनुपर्ने अवस्थामा आउने तर्क गरे। त्यस्तै उनले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट  पारे।

एमाले अध्यक्ष ओलीले कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरूले काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गर्न युवा संघलाई निर्देशन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad