राजनीति


उद्योगीसित बक्यौता उठाउने अडानका कारण कुलमानलाई हटाइयो : जनमोर्चा

उद्योगीसित बक्यौता उठाउने अडानका कारण कुलमानलाई हटाइयो : जनमोर्चा

नेपालखबर
चैत १३, २०८१ बुधबार १७:२४, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले उद्योगी तथा ठूला व्यापारिक घराना र सरकारबीच साँठगाँठ गरी नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गरिएको बताएको छ।

अध्यक्ष चित्रबहादुर केसीको बुधबार वक्तव्य जारी गरी ठूला व्यापारी घराना तथा उद्योगपतिसित रहेको विद्युत् बक्यौता रकम उठाउने विषयमा कुलमानले अडान लिएपछि उनलाई बर्खास्त गरिएको बताएका छन्।

‘ठूला व्यापारिक घराना र विभिन्न उद्योगको लामो समयदेखि विद्युत् महसुलको बुझाउन बाँकी रहेको बक्यौता रकम असुलउपर गर्न कुलमानले अगाडि बढाएको प्रक्रिया र विद्युत् महसुलको बाँकी बक्यौता नतिर्ने उद्योगी र ठूला व्यापारिक घराना र सरकारका बिच साँठगाँठ भई त्यसलाई रोक्न वा अवरोध खडा गर्न सरकारले दिइरहेको प्रशासनिक दबाबका बिच लामो समयदेखि द्वन्द्व चलिरहेको थियो। त्यो अन्तरविरोधमा कुलमानले आफ्नो अडानबाट पछाडि नहटेपछि नै सरकारले उनलाई पदबाट बर्खास्त गर्ने गलत निर्णयमा पुगेको हो’ जनमोर्चाले भनेको छ।

सरकारको उक्त गलत कार्यशैलीको राजमोले विरोध गर्ने स्पष्ट पारेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad