काठमाडौँको चन्द्रागिरी नगरपालिका ४ पानीघाट्स्थित चित्लाङ–थानकोट सडकखण्डबाट सालकको खपटासहित एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–६ घर भएका वर्ष ३२ का सुवास तामाङ रहेका छन्।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले मकवानपुरको चित्लाङबाट काठमाडौँतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा उनको साथमा रहेको कालो रङको झोला भित्र अखेटोपहार सालकको खपटा जस्तो देखिने वस्तु फेला पारेको प्रहरीले जनाएको छ।
उनलाई बरामद वस्तुहरूसहित डिभिजन वन कार्यालय, काठमाडौं हात्तिसार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
420
Shares

प्रतिक्रिया