राजनीति


स्ववियु अध्यक्षमा निर्वाचित रोहितलाई जब प्रचण्डको फोन आयो

स्ववियु अध्यक्षमा निर्वाचित रोहितलाई जब प्रचण्डको फोन आयो

प्रचण्डसँग फोनमा कुरा गर्दै महेन्द्र मोरङ क्याम्पसका स्ववियु अध्यक्ष रोहित यादव


सुमन सुस्केरा
चैत ८, २०८१ शुक्रबार ११:९, विराटनगर

विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष रोहित यादवलाई बिहीबार साँझ नचिनेको नम्बरबाट फोन आउँछ।

उनी फोन उठाउँछन्। उताबाट ‘म प्रचण्ड बोलेको। तपाइँलाई धेरैधेरै बधाई छ’ भन्ने आवाज आउँछ।  

आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोन आउला भन्ने उनले सोचेका पनि हुँदैनन्। उताबाट ‘म प्रचण्ड बोलेको’ भन्नासाथ उनी झसङ्ग हुन्छन्। पार्टी अध्यक्षको नै फोन आएको बुझेपछि उनी ‘हेलो’अध्यक्ष ज्यू, नमस्कार’ भन्छन्। त्यसपछि भने उनी के भन्ने, के भन्ने सोच्दै केहीबेर अल्मलिन्छन्।  

अल्मलिएका रोहितलाई प्रचण्डले स्ववियु अध्यक्षमा विजयी भएकोमा बधाई दिन्छन्। प्रगतिको कामना गर्छन्। उनी प्रचण्डलाई ‘धन्यवाद अध्यक्षज्यू’ भन्छन्।

रोहित प्रचण्डलाई थप भन्छन्, ‘अस्ति नै हजुर कलेजमा आउँदा नै मलाई जीतको महसुस भइसकेको थियो। यो पाली तपाईँले हाम्रो कलेजमा खुट्टा टेक्नु नै मेरो जितको मुख्या आधार हो।’ 

‘थ्याङ्क यु रोहित जी, महेन्द्र मोरङमा हामीले एक्लै जितेर एउटा हिस्ट्री बन्यो, अध्यक्ष जित्नु भनेको हाम्रो एउटा इतिहास बन्नु हो। यसबाट देश भरी नै  निक्कै राम्रो सन्देश गइसकेको छ।’ 

आफूसँगको फोन वार्तामा अध्यक्ष प्रचण्डले महेन्द्र मोरङमा अब धेरै राम्रो गर्न सकिने बताएका रोहितले नेपालखबरलाई सुनाए। 

आफूलाई यति भनेपछि अन्तिममा प्रचण्डले ‘मेनीमेनी कग्रयाचुलेशन। अब भेटेर कुरा गर्नु पर्छ है रोहित जी’ भनेका उनी बताउँछन्। 

प्रचण्डको यो फोनपछि रोहित निकै उत्साहित छन्। प्रचण्डको फोनले स्ववियुमा निर्वाचित पदाधिकारीमा ऊर्जा थपेको भन्दै विद्यार्थीहरुले खुसी व्यक्त गरेका थिए। 

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले सभापति जितेको छ। 

निर्वाचनमा अखिल क्रान्तिकारीका यादवले ए हजार एकसय १८ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका प्रज्ज्वल विष्टले १ हजार ७५ मत प्राप्त गरेका छन्। 

अनेरास्ववियुका अनिश बोगटीले २ सय ३२ मत मत मात्रै ल्याए। अध्यक्ष पदमा स्वतन्त्रसहित ७ उम्मेदवार प्रतिस्पर्धामा थिए।

सचिवमा नेविसंघकी सुदीक्षा थापा मगर निर्वाचित भएकी छन्। कोषाध्यक्षमा पनि नेविसंघकै रोशनकुमार पासवान निर्वाचित भएका थिए। यस अघिको निर्वाचनमो यो क्याम्पसमा नेपाल विद्यार्थी संघ निर्वाचित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad