राजनीति


महेन्द्र मोरङमा क्रान्तिकारीको दोस्रो जित, बागीले मत काट्दा नेविसंघ पराजित

महेन्द्र मोरङमा क्रान्तिकारीको दोस्रो जित, बागीले मत काट्दा नेविसंघ पराजित

नेपालखबर
चैत ७, २०८१ बिहिबार ७:३९, काठमाडौँ

महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अखिल (क्रान्तिकारी) ले जितेको छ।

क्रान्तिकारीका रोहित यादव १ हजार ११८ मत प्राप्त गर्दै सभापति पदमा विजयी भएका हुन्। 

उनका निकटतम् प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ) का प्रज्वल विष्टले १ हजार ७५ मत पाए। 

यादवले ४३ मतान्तरले चुनाव जित्दा नेविसंघकै बागी उम्मेदवार योगराज दाहालले ६० मत पाए।

दाहालको मत विष्टले नै पाउँथे भने उनी विजयी हुने निश्चित थियो। 

महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीले दोस्रोपटक विजय हासिल गरेको हो। यसअघि २०६५ को निर्वाचनमा अखिल क्रान्तिकारीका जयराम सुन्दास विजयी भएका थिए।

यसपटक सभापति पदमा अखिल क्रान्तिकारी विजयी भए पनि सचिव र कोषाध्यक्ष पद नेविसंघले हात पारेको छ।

सचिव पदमा नेविसंघकी सुदीक्षा थापा मगर ७४१ मत प्राप्त गर्दै विजयी भएकी हुन्। 

समाजवादी विद्यार्थी युनियनका राकेशकुमार यादवले ५८८ मत ल्याए।

कोषाध्यक्षमा पनि नेविसंघकै रोशनकुमार पासवान विजयी भए । उनले ८९३ मत प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad