राजनीति


पटकपटक प्रयास गर्दा पनि प्रचण्डसँग सम्पर्क भएन, प्रयासरत छु : प्रधानमन्त्री ओली

पटकपटक प्रयास गर्दा पनि प्रचण्डसँग सम्पर्क भएन, प्रयासरत छु : प्रधानमन्त्री ओली

नेपालखबर
चैत ७, २०८१ बिहिबार १३:५९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पटकपटक सम्पर्कको प्रयास गर्दा पनि नभएको गुनासो गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा जवाफ दिनेक्रममा ओलीले शान्तिप्रक्रियाका कामहरू यथाशक्य टुंग्याउने विषयमा छलफल गर्न प्रचण्डसँग सम्पर्कका लागि प्रयास गरिरहेको बताएका हुन्। 

'बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया यथाशक्य छिटो टुंग्याउन सरकार प्रतिबद्ध छ।’ 

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ भनेर आफू लागिरहेको भन्दै उनले विपक्षी दलका नेतासँग सम्पर्कको प्रयास गरिरहेको बताए। 

'शान्तिप्रक्रियाका कामहरू टुंग्याउन म प्रयासरत छु,' उनले भने, 'यसमा म विपक्षी दलका नेताज्यूसँग सम्पर्क गर्न खोजिरहेको छु। मैले पटकपटक प्रयास गर्दा उहाँको स्वास्थ्यमा केही समस्या भएको भन्ने बुझेको छु।' 

शान्तिप्रक्रियाको काम टुंग्याउने सरकारले काम गरिरहेको उनले दोहोर्‍याए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad