राजनीति


राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा चम्लागाईंको उम्मेदवारी घोषणा

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा चम्लागाईंको उम्मेदवारी घोषणा

नेपालखबर
चैत ७, २०८१ बिहिबार १४:२, काठमाडौँ

नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईंले उम्मेदवारी घोषणा गरेका छन्।

बिहीबार पत्रकार सम्मेलन गरी संघको अध्यक्षमा चम्लागाईंले उम्मेदवारी घोषणा गरेका हुन् । चम्लागाईंको समूहबाट उपाध्यक्षमा उदयबहादुर लिम्बू र महामन्त्रीमा गणेशबहादुर खत्रीले पनि उम्मेदवारी घोषणा गरेका छन्। 

चम्लागाईंले नेपालको संविधान र कांग्रेसको विधानमा अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार स्थापित गराउन निरन्तर खट्दै आएकाले अध्यक्षमा उम्मेदवारी दिन लागेको बताए। संघको अध्यक्षमा चम्लागाईंसहित वर्तमान अध्यक्ष प्रकाश पन्त र विकास थापाले पनि उम्मेदवारी दिने तयारी गरेका छन्। तर, उनीहरूले भने उम्मेदवारी घोषणा गरिसकेका छैनन्।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन ८-९ चैतमा कांग्रेस पार्टी कार्यालय सानेपामा हुँदै छ। महाधिवेशनमा देशभरबाट एक हजार तीन जना केन्द्रीय प्रतिनिधि सहभागी हुने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad