राजनीति


अखिल क्रान्तिकारीका पक्षमा देखिएको लहर निकै उत्साहप्रद: प्रचण्ड

अखिल क्रान्तिकारीका पक्षमा देखिएको लहर निकै उत्साहप्रद: प्रचण्ड

नेपालखबर
चैत ७, २०८१ बिहिबार ८:२४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजाले उत्साहित भएका छन्। 

यही चैत ५ गते त्रिभुवन विश्वविद्यालयअन्तर्गतगका आंगिक, सम्बन्धनप्राप्त, सामुदायिक र निजी गरी ३ सयभन्दा बढी क्याम्पसमा भएको स्ववियु चुनावको अन्तिम मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ। 

यो खबर लेख्दासम्म नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले ८२ क्याम्पसमा स्ववियु सभापति पद जितेको छ।क्रान्तिकारीका केन्द्रीय अध्यक्ष विजयप्रकाश सापकोटाले बुधबार बेलुका नेपालखबरलाई ८१ क्याम्पसमा आफ्नो संगठनले सभापति पद जितेको जानकारी दिएका थिए भने बिहीबार बिहान महेन्द्र मोरङ क्याम्पसमा क्रान्तिकारीकै उम्मेदवार रोहित यादव सभापति पदमा विजयी भइसकेका छन्। 

यसलाई अखिल क्रान्तिकारीका पक्षमा देखिएको लहरका रूपमा व्याख्या गर्दै माओवादी अध्यक्ष प्रचण्डले ‘निकै उत्साहप्रद’ भनेका हुन्। 

‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ। कैयौँ क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ’, बिहीबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विजयी सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad