राजनीति


ज्ञानेन्द्र शाहले नेताहरूलाई लात्ताले नहानेको भए अझै केही वर्ष राजतन्त्र टिक्थ्यो : प्रचण्ड

ज्ञानेन्द्र शाहले नेताहरूलाई लात्ताले नहानेको भए अझै केही वर्ष राजतन्त्र टिक्थ्यो : प्रचण्ड

नेपालखबर
चैत ५, २०८१ मंगलबार १६:२१, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्र स्थापनाका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले भिलेनको रुपमा सहयोग गरेको टिप्पणी गरेका छन्। 

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफूहरुले गणतन्त्रको निम्ति आधार तयार पारेको र तत्ककालीन राजा शाहले भिलेनको रुपमा भूमिका खेलेको टिप्पणी गरेका हुन्। 

‘गणतन्त्रको निम्ति आधार तयार हामीले पार्‍यौँ। र ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई मद्दत गरेकै हो। उनले धेरै मूर्खता नगरेको भए अझै केही वर्ष..। उनले सात राजनीतिक दलमाथि पनि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छौँ भन्दा, लात्ताले नहानेको भए अझै केही वर्ष टिक्न पनि सक्थे,' उनले भने, 'भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि गणतन्त्र स्थापनामा महत्वपूर्ण छ।'

अहिले राजतन्त्र पुनःस्थापनाको कला बिहीन नाटक प्रदर्शन भइरहेको प्रचण्डको भनाइ छ। त्यस्तै दाहालले अहिले नेपालको संविधान संशोधन नभई समीक्षा गर्ने बेला भएको बताए। 

‘मैले विभिन्न मञ्चबाट अब संविधानबारे समीक्षा बहस सुरु गरौँ यो समीक्षा सबै राजनीतिक दल, सबै राजनीतिक शक्तिहरु सहभागी भएर समीक्षा गरौँ भनिरहेको छु,' उनले भने, 'जसले संविधान सभाबाट संविधान घोषणा गर्ने झन्डै ७० वर्ष पुरानो एजेण्डालाई स्थापित गरेका थिए। ति सबै शक्तिहरु एक ठाउँमा आएर समीक्षात्मक बहस सुरु गरेपछि मात्रै संशोधनले सही आकार लिनसक्छ । यसको निम्ति म सबैलाई आग्रह गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad