राजनीति


भूमि बैंक बनाउने तयारीमा सरकार

भूमि बैंक बनाउने तयारीमा सरकार

नेपालखबर
चैत ५, २०८१ मंगलबार १६:२९, काठमाडौँ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले भूमि बैंक बनाउने प्रक्रिया पुनः सुरु गर्न लागेको बताएका छन्।  

मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उनले भूमि बैंक बनाउने तयारी विगतमा पनि भएको तर विरोध भएपछि रोकिएको भन्दै अहिलेको सरकारले पुनः बनाउने प्रक्रियाका लागि छलफल सुरु गरेको बताएका हुन्। 

'हामीले भूमि बैंक बनाउने कुरा अघि बढाएका छौँ। भूमि बैंक बनाउने भनेको कहाँ कस्ता जग्गा छन् त्यो जानकारी राख्ने हो,' उनले भने, 'तर भूमि बैंक बनाउने कुरामा पनि विगतमा विरोध भएर त्यत्तिकै छ। काम सुरु गर्न थाल्यो विरोध हुन्छ। हामी फेरि यो कामअघि बढाउने सोचमा छौँ । छलफल भइरहेको छ।’

भूमि सम्बन्धी अध्यादेश भूमि सम्बन्धी समस्याहरु समाधानका लागि छोटो बाटोबाट समस्या समाधान ल्याएको भए पनि अब ऐन नै ल्याउने तयारी गरेको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad