राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले मूलुक स्तरोन्नति तिर गइरहँदा सहयोगको भरमा आफ्नो विकास गर्ने सोचलाई त्यागी आफ्नै पौरखले आत्मनिर्भर बन्ने सोच अभिवृद्धि गर्नुपर्नेमा जोड दिएकी छन्।
आजको राष्ट्रियसभाको १७ औँ अधिवेशनमा सम्बोधन गर्दै उनले भनिन्,‘अब आफैँ आत्मनिर्भर बन्नेतिर लाग्नुको विकल्प छैन,’ उनले भने, ‘संघ, प्रदेश रं स्थानीय तह, स्तरोन्नतिपछि दिगो हुनका लागि महत्वपूर्ण कदम चाल्नुपर्छ। राम्रा विषयवस्तु अंगाल्ने र नमिलेकालाई संसोधन गर्दै अघि बढ्न सकेमा हाम्रो आर्थिक स्थिति कमजोर हुनबाट जोगिन्छ।’
उनले नेपालको विकास र स्तरोन्नतिको यात्रा एक महत्वपूर्ण मोडमा आइपुगेको पनि बताइन्।
‘अब हामीसँग झिनामसिना कुराहरूमा अल्झिरहने समय छैन, नभए हाम्रा सन्ततिले हामीलाई धिक्कार्ने छन्,’ उनले भनिन्, ‘उनीहरूका भविष्यका लागि भए पनि एक आपसमा हिलो छ्यापाछ्याप गरि समय खेर नफालिकन नेपालको अर्थतन्त्र कसरी बलियो बनाउन सकिन्छ भन्ने कुरामा अब हाम्रो ध्यान केन्द्रित हुनुपर्छ।’
नेपालले सन् २०१० देखि नै स्तरोन्नतिका प्रयासहरू गर्दै आएको स्मरण गराउँदै उहाँले अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुनका लागि मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांकमा संयुक्त राष्ट्र संघले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्याङ्कनमा नेपाल सफल भएको उल्लेख गरे।
Shares

प्रतिक्रिया