राजनीति


भावनामा बगेर गैरआवसीय नेपालीलाई दोहोरो नागरिकता दिन सकिँदैन : सञ्चारमन्त्री गुरुङ

भावनामा बगेर गैरआवसीय नेपालीलाई दोहोरो नागरिकता दिन सकिँदैन : सञ्चारमन्त्री गुरुङ

नेपालखबर
चैत ४, २०८१ सोमबार १६:३३, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले भावनामा बगेर दोहोरो नागरिकता स्वीकार गर्न नहुने बताएका छन्।  

आज सोमबार प्रतिनिधिसभामा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक–२०८१’माथि भएको छलफलमा सांसदहरुले राखेको सुझावका विषयमा जवाफ दिँदै उनले यस्तो बताएका हुन्। 

‘भावनामा नडुबीकन नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई स्वीकारेको छैन नेपाल राज्यले। त्यसकारण हामीले के नबुझौ भने गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नु परेको?,' उनले भने, 'उहाँहरुले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेको जस्तो जनरल होइन। त्योभन्दा भिन्न भएको हुनाले सहुलियतको रुपमा उनीहरुलाई गैरआवासीय नागरिकता प्रदान गरेको हो। त्यसकारणले गैरआवासीय नागरिकता त्यस्ता व्यक्तिलाई दिएको छ जो नेपाली मुलको विदेशी नागरिक छ र त्यहीँ बसेको छ, जस्ले हाम्रो नागरिकता त्याग नगर्ने कुरा गरेको छ।’ 

सञ्चारमन्त्री गुरुङले विदेशमा बसेको नेपाली मुलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad