राजनीति


एमालेका सांसद पन्तले भने : काम गर्न नसक्ने मन्त्री फेर्ने बेला आयो

एमालेका सांसद पन्तले भने : काम गर्न नसक्ने मन्त्री फेर्ने बेला आयो

नेपालखबर
चैत ३, २०८१ आइतबार १२:३४, काठमाडौँ

नेकपा एमालेका सांसद रघुजी पन्तले काम गर्न नसक्ने मन्त्रीहरू फेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पन्तले आफ्नै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै काम गर्न नसक्ने मन्त्रीलाई हटाउन भनेका हुन्। 

उनले पूर्वविशिष्टहरूलाई आजीवन सेवा सुविधा दिनेबारे मन्त्रीहरू नबोलेकोबारे उनले आपत्ति जनाए।

'विशिष्टहरूलाई सुविधा दिनेबारे डेढवर्षदेखि कानुनमन्त्रालयमा ड्राफ्ट भइरहेको छ। मन्त्रीजीहरूको पारा देखेर छक्क परिराछु। हिजो प्रकाशमानजीले पाल्पामा भन्नु भयो-यो अहिले भइरहेको छैन। यही कुरा यहाँ संसद्‌मा आएर भने भयो नि कसरी बनेको, किन बनेको, के कारणले बनेको भनेर।'

उनले पटकपटक यो विषयमा प्रश्न उठेपछि प्रधानमन्त्रीले पनि जवाफ दिनुपर्ने बताए। 

'पटकपटक प्रश्न उठेपछि भन्नुपर्‍यो नि। म प्रधानमन्त्रीलाई पनि आग्रह गर्छु- यो प्रधानमन्त्रीय व्यवस्था हो। मन्त्रीहरू फेर्ने बेला आयो। पर्फर्मेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न जरुरी छैन। प्रधानमन्त्रीले पक्कै मूल्यांकन गर्नु भएको होला' उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad