राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले सेन्सर बोर्डका सदस्यहरूको योग्यतामाथि प्रश्न उठाउँदै राजनीतिक नियुक्ति पाएकाहरूलाई पदमुक्त गर्न माग गरेका छन्।
आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले यस्तो माग गरेका हुन्। उनले चलचित्र समाजको ऐना भएको उल्लेख गर्दै सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको आरोप लगाए।
चलचित्रमा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि काटिने भन्दै होस् गर्न चेतावनी दिए।
‘चलचित्र समाजको ऐना हो। त्यही समाजका कुरा चलचित्रमा व्यक्त गर्न सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने काम गरिरहेको छ। सेन्सरबोडमा राजनीतिक नियुक्ति पाएका सबै ननसेन्सरसदस्यहरूलाई पदमुक्त गरी चलचित्र बुझेका मान्छेलाई नियुक्त गर्न म सरकारसँग माग गर्दछु,' उनले भने, 'यसरी फिल्ममा अनावश्यक कैँची चलाउँदा सरकारको आयु पनि त्यही कैँचीले काटिएला होस् गर्न आग्रह गर्दछु।’
चलचित्रकर्मी भन्छन्: कला नबुझ्नेले कैँची चलाउँछन्, सेन्सर प्रथा खारेज गरौँ
सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले बोलेको भाषणको दृश्य चलचित्र राजागन्जमा समेटेकोमा प्रश्न उठाउँदै बोर्डले प्रदर्शन अनुमति रोकेको थियो। उक्त अभिव्यक्ति काटेपछि प्रदर्शन अनुमति दिइएको थियो।
Shares

प्रतिक्रिया