ad ad

राजनीति


आन्तरिक विवादमा विप्लवको ललितपुर जिल्ला समिति, सचिवले गरिन् जनपरिषद् प्रमुखलाई कारबाही

आन्तरिक विवादमा विप्लवको ललितपुर जिल्ला समिति, सचिवले गरिन् जनपरिषद् प्रमुखलाई कारबाही

नेपालखबर
चैत १३, २०७६ बिहिबार ६:४७,

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको ललितपुर जिल्ला कमिटीको आन्तरिक विवाद सतहमा देखिएको छ।

विप्लव नेकपाको ललितपुर जिल्ला सेक्रेटरी सावित्री अधिकारी ‘विदुषी’ले जिल्ला जनपरिषद् प्रमुखलाई स्पष्टिकरणविनै कारबाही गरेपछि विवाद सार्वजनिक भएको छ।

ललितपुर जिल्ला जनपरिषद् प्रमुख शीतल शर्मा ‘ध्रुव’ले आफूलाई स्पष्टीकरणबिनै कारबाही गरिएको भन्दै उक्त कारबाहीमाथि विचार गर्न माथिल्लो कमिटी गुहारेका छन्। जिल्ला सेक्रेटरी विदुषीले स्पष्टीकरणविनै उनलाई पार्टीबाट निष्काशन गरेकी थिइन्।

आफू पार्टीको स्थापनाकालदेखि नै सक्रिय रहँदै आएको र आजसम्म कुनै गैरजिम्मेवार काम नगरेको उनले एक विज्ञप्ति प्रकाशित गर्दै दावी गरेका छन्।

उनले सेक्रेटरीले आफूलाई स्पष्टीकरणको मौका नै नदिई पूर्वाग्रही ढंगले राजनैतिक चरित्र हत्या गर्ने उद्देश्यले पाटीृबाट निष्कासन गरेको र यसले आफूलाई मर्माहत बनाएको बताएका छन्।

उनले सेकेटरीले लगाएको आरोपमा कुनै सत्यता नभएको भन्दै छानविन गर्न माथिल्लो कमिटीलाई अनुरोध गरेका छन्। छानविनमा दोषी देखिए आफू कारबाही भोग्न तयार रहेको उनको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .