ad ad

समाज


श्रमिकका लागि राहत घोषणा गर्न माग

श्रमिकका लागि राहत घोषणा गर्न माग

नेपालखबर
चैत १३, २०७६ बिहिबार ६:३९,

नागरिक समाजका अगुवाहरूले श्रमिकहरूका लागि विशेष राहत घोषणा गर्न सरकारसँग माग गरेका छन्।

बिहीबार विज्ञप्ति प्रकाशित गर्दै पूर्वप्रधानन्यायाशीश कल्याण श्रेष्ठ, सुशीला कार्की, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, दुर्गा सुवेदी र रवीन्द्र मिश्रले श्रमिकका लागि राहत प्याकेज घोषणा गर्न माग गरेका हुन्। 

राहत प्याकेजमा नि:शुल्क रासन, बेतनसहितको विदा, बालबच्चाको स्कुल शुल्क मिनाह, नि:शुल्क उपचारलगायतका व्यवस्था हुनुपर्ने उनीहरूको माग छ।

यस्तो छ विज्ञप्ति:

विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमण (कोभिड १९) नियन्त्रणका लागि नेपाल सरकारले हालैका दिनहरूमा देखाएको गम्भिर चासो र लिएका कदमहरू स्वागतयोग्य छन्।

यो अभूतपूर्व मानवीय संकटबाट पार पाउन राजनीतिक आरोप, प्रत्यारोपबाट माथि उठेर गर्नु पर्ने कामहरू प्रशस्तै छन्। हाम्रो सम्पूर्ण ध्यान रोगको नियन्त्रण कसरी गर्ने भन्नेमा केन्द्रीत भएको देखिन्छ, जुन जरूरी छ।

तर दैनिक ज्यालादारीमा आफ्नो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि तुरून्तै विशेष प्याकेजको घोषणा गरोस् भनि हामी सरकारसँग जोडदार माग गर्दछौँ।

नेपालमा दिनदिनै कमाएर जीवन गुजारा गर्नु पर्नेहरूको संख्या ‍ठूलो छ। संक्रमण या बन्दाबन्दीको अवस्था लम्बिएको खण्डमा दैनिक ज्यालादारीमा गुजारा गर्नेहरूका लागि भयावहपूर्ण स्थिति सृजना हुन सक्छ। उनीहरूले रोगबाट बच्न खोज्दा भोक स्विकार्नु पर्ने वाध्यता नहोस्।

तसर्थ, उनीहरूका लागि सरकारले तुरून्तै विशेष प्याकेज घोषणा गर्नु पर्छ। त्यस्तो प्याकेजमा निशुल्क रासन, बेतनसहितको विदा, बालबच्चाको स्कूलमा फि मिनाह, निशुल्क उपचार आदि हुन सक्छ, जसलाई स्थानीय सरकारहरूमार्फत कार्यानवयन गर्न सकिन्छ।

यो संकटको घढीबाट पार पाउन सकारात्मक सोचका साथ एक भएर अघि बढ्न हामी सम्पूर्ण राजनीतिक नेतृत्व तथा आम सर्वसाधारणलाई विनम्र आग्रह गर्दछौँ।

श्री कल्याण श्रेष्ठ
श्री सुशीला कार्की
श्री केदारभक्त माथेमा
श्री दुर्गा सुवेदी
श्री रवीन्द्र मिश्र

मिति: १३ चैत २०७६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .