बुधबार ३७ वर्षका स्टिभन डिकको हंगेरीमा मृत्यु भएको सीएनएनले जनाएको छ।
उनी बुडापेस्टस्थित बेलायती राजदूतावासमा कार्यरत थिए। बेलायती विदेशमन्त्रालयले उनको मृत्यु भएको पुष्टि गरेको छ।
हालसम्म हंगेरीमा २६१ मा कोरोनाको संक्रमण पुष्टि भएको छ। त्यहाँ १० जनाको मृत्यु भइसकेको छ। यस्तै बेलायतमा ९ हजार ५२९ मा कोरोनाको संक्रमण देखिएको छ। त्यहाँ ४६५ को मृत्यु भइसकेको छ।
प्रतिक्रिया