राजनीति


कुलमानबारे मन्त्रीले दिएनन् ‘रिपोर्ट’, मन्त्रिपरिषद् अनिर्णीत

कुलमानबारे मन्त्रीले दिएनन् ‘रिपोर्ट’, मन्त्रिपरिषद् अनिर्णीत

नेपालखबर
फागुन २६, २०८१ सोमबार २३:४७, काठमाडौँ

नेपाल विद्युत प्राधिकरका कार्यकारी निर्देशक कुलमान घिसिङसँग तीन दिने स्पष्टीकरण सोधेको मन्त्रिपरिषद् बैठक आज कुनै निर्णय गर्न सकेन।

सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा अरु निर्णय भए पनि कुलमानबारे कुनै निर्णय नभएको मन्त्रीहरूले बताएका छन्।

विभागीय मन्त्री (ऊर्जामन्त्री दीपक खड्का) ले मन्त्रिपरिषद्मा रिपोर्ट पेस नगरेकोले र त्यससम्बन्धी कुनै निर्णय पनि नभएको बैठकपछि नेपालखबरसँगको कुराकानीमा एक मन्त्रीले बताए।

अर्का एक मन्त्रीले पनि कुलमानबारे कुनै निर्णय नभएको बताए। उनले भने, ‘तपाईँले खोजेको विषयमा आज कुनै निर्णय भएन। खासै छलफल पनि भएन। अरुअरु विषय थिए। विभागीय मन्त्रीजीले पनि त्यसबारे कुनै रिपोर्ट दिनुभएन।’  

गत बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई सफाइ पेस गर्ने मौका दिने निर्णय गरेको थियो। त्यसका लागि ३ दिनको समय पनि तोकेको थियो।

मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयले कुलमानलाई बिहीबार चारबुँदे स्पष्टीकरण सोधेको थियो। कुलमानले त्यसको जवाफ आइतबार मन्त्रालयमार्फत दिइसकेका छन्।

यसअघि ऊर्जा मन्त्रालयले पटकपटक उनीसँग स्पष्टीकरण सोधिसकेको थियो। 

उनको कार्यसम्पादन मूल्यांकनमा पनि मन्त्रालयले शून्य अंक दिएको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad