खेल


वेस्टह्याम युनाइटेडविरुद्ध न्युक्यासलको जित

वेस्टह्याम युनाइटेडविरुद्ध न्युक्यासलको जित

नेपालखबर
फागुन २७, २०८१ मंगलबार ५:९, काठमाडौँ

ब्रुनो गुइमारेसको निर्णायक गोलमा न्युक्यासल युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ। 

गएराति लन्डन स्टेडियममा भएको खेलमा न्युक्यासलले वेस्ट ह्याममाथि १–० को जित दर्ता गरेको हो। 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो। खेलको ६३ औँ मिनेटमा ब्रुनोको गोलमा न्युक्यासलले जित हात पारेको हो। 

जितसागै न्युक्यासलले पाचौँ स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ। लिगका २८ खेलमा १४ खेलमा जित, ५ खेलमा बराबरी र ९ खेलमा हार भोगेको न्युक्यासल अंक तालिकाको छैटौँ स्थानमा छ। 

समान नतिजासँगै सिटी पाचौँ स्थानमा छ। सिटीसँग अंक बराबर भएपनि न्युक्यासल गोल अन्तरमा पछि पर्दै छैटौँ स्थानमा रहेको हो। 

यो जितसँगै न्युक्यासलले काराबाओ कपको फाइनल खेलको तयारी समेत गरेको छ। काराबाओ कपको उपाधिका लागि न्युक्यासलले आइतबार लिभरपुलको सामना गर्दैछ। 

फाइनल खेल वेम्वेलीमा हुनेछ। लिभरपुलविरुद्ध खेल्दा न्युक्यासलले मुख्य उपाधिका लागि ७० वर्षको प्रतिक्षा समेत समाप्त गर्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad