राजनीति


ओलीले सम्बोधन गर्ने कोसी प्रदेशसभामा उपस्थित हुन एमालेको ह्विप

ओलीले सम्बोधन गर्ने कोसी प्रदेशसभामा उपस्थित हुन एमालेको ह्विप

नेपालखबर
फागुन २६, २०८१ सोमबार १९:५८, विराटनगर

प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार कोसी प्रदेशसभालाई सम्बाेधन  गर्दै छन्। दिउँसो २ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले प्रदेशसभा बैठकलाई संशोधन गर्ने कार्यसूची तय भएको कार्यवाहक प्रदेश सचिव गौतमराम अमात्यले जानकारी दिए।

प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने विषयमा छलफल गर्न आज नै एमालेको संसदीय दलको बैठक पनि बसेको छ। दलको बैठकले प्रधानमन्त्रीकाे सम्बोधनमा सबै जना सांसदहरूलाई अनिवार्य उपस्थिति हुन ह्विप जारी गरेको छ।

त्यस्तै बैठकले आगामी आर्थिक वर्ष  २०८२/०८३को नीति तथा कार्यक्रमको लागि  सुझाव कार्यदल गठन गरेको छ। दलका उपनेता तिलकुमार मेन्याङ्बोकाे संयोजकत्वमा ९ सदस्य कार्यदल गठन गरेको दलका प्रमुख सचेतक  विदुरकुमार लिङ्थेपले जानकारी दिए। बैठकले समसामयिक राष्ट्रिय राजनीतिको  विषयमा छलफल गरेको उनले जानकारी दिए।

यसअघि प्रदेशसभाको पहिलो कार्यकाल २०७५ जेठ २६ मा पनि प्रधानमन्त्री ओलीले कोसी प्रदेशसभालाई सम्बोधन गरेका थिए।
ओलीको सम्बोधन विषयलाई लिएर  नेकपा माओवादीले भने असन्तुष्टि जनाएको छ  ।

प्रधानमन्त्री भनेको संस्था भएको र यस विषयमा सरकारले निर्णय गरेर प्रतिपक्षलाई जानकारी नगराएको भन्दै माओवादीले आपत्ति जनाएको हो। 

नेकपा माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बाेले प्रधानमन्त्री आउने जस्तो कार्यक्रममा सर्वदलीय छलफलसमेत नभएको बताए।

'मुख्यमन्त्रीले भोलि अनुकूल समय मिलाएर छलफल गरौँला भन्नुभएको छ,' उनले भने, 'सरकारले विपक्षीहरूसँग कुनै सल्लाह नै नगरी बोलाउनु भएको छ, अब के गर्ने भन्ने बारेमा निर्णय लिइसकेको छैनौँ।´

प्रदेशसभालाई संशोधन गर्नुअघि प्रधानमन्त्री ओली मंगलबार १० बजे पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहमा सहभागी हुनेछन्।  

भोलि प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्ने, प्रधानमन्त्री ओली कोसी प्रदेशसभा जाने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad