राजनीति


शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गरौँः सांसद मिश्र

शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गरौँः सांसद मिश्र

नेपालखबर
फागुन २५, २०८१ आइतबार १४:५१, काठमाडौँ

राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन्।  

राष्ट्रियसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले शिक्षकहरूलाई लामो समय सडकमा छोड्नु उचित नहुने भन्दै उनीहरूका माग पूरा गर्न सरकार सक्रिय हुनुपर्ने बताए।। उनले तत्कालीन समस्या समाधान गर्न सहमति गर्ने तर ऐन र नियममा नसमेट्ने सरकारको प्रवृत्तिका कारण शिक्षकहरू आन्दोलनमा उत्रिने गरेको उनको भनाइ छ। 

‘देशभरका शिक्षकहरू आन्दोलनमा छन्। संवादको माध्यमबाट उनीहरूको समस्यालाई समाधान गरौं। धेरै दिन शिक्षकलाई सडकमा नै छोड्नु उचित होइन,' उनले भने, 'तत्कालिन समस्या समाधान गर्न सहमति गर्ने पछि ति सहमतिहरूलाई ऐन नियममा नसमेट्ने गर्दा विश्वसनीयता देखिँदैन।’

उनले फरक प्रसंगमा बोल्दै महिलाहरूको हक र अधिकारको लागि बोल्ने पुरुषको समेत दायित्व भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad