नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले उपद्रव गर्न लागेको भन्दै उनको यो प्रयास प्रहसनमा बदलिने बताएका छन्।
उनले केही दिनयता भइरहेका राजावादीहरूका प्रदर्शन र स्वयं ज्ञानेन्द्र शाहका गतिविधिलाई लिएर सामाजिक सञ्जालमा कटाक्ष गर्दै लेखेका छन्, ‘राजा वीरेन्द्रको वंश विनाशपछि ज्ञानेन्द्र शाह पोखराबाट नै काठमाडौँ आएका थिए। त्यतिबेला अपुतालीमा प्राप्त गरेको राजगद्दीको सदुपयोग गरेको भए यो उपद्रव गर्नुपर्दैनथ्यो। भनिन्छ, इतिहासमा ठूला घटनाहरू पहिलोपटक नाटकका रूपमा र अर्कोपटक त्यही घटना दोहर्याउन खोजे प्रहसनमा बदलिन्छ।’
२०५८ जेठ १९ गते राति नारायणहिटी राजदरबार हत्याकाण्ड हुँदा तत्कालीन शाहज्यादा ज्ञानेन्द्र शाह पोखराको रत्नमन्दिरमा थिए। उनकी श्रीमती कोमल र छोरा पारस भने दरबारमै थिए। कोमल गोली लागेर घाइते भएकी थिइन् भने पारसले घाइतेहरूको उद्धारमा सघाएको बयान जाँचबुझ समितिसमक्ष दिएका थिए।
Shares

प्रतिक्रिया