कारोबार


कुन विदेशी मुद्राको विनियमदर आज कति?

कुन विदेशी मुद्राको विनियमदर आज कति?

नेपालखबर
फागुन २५, २०८१ आइतबार ५:५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, दिनार, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको विनियमदर स्थिर छ। अर्थात शनिबार जुन मूल्यमा कारोबार भएको थियो, आज पनि अधिकांश मुद्राको कारोबार सोही मूल्यमा हुनेछ। 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ३० पैसा छ। 

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। 

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ १४ पैसा कायम भएको छ। 

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ७९ रुपैयाँ ९५ पैसा छ। 

त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा छ। 

आज कुबेती दिनार १ को खरिददर ४ सय ५० रुपैयाँ २५ पैसा र बिक्रीदर ४ सय ५२ रुपैयाँ २० पैसा छ। 

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ ५१ पैसा निर्धारण भएको छ। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad