संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरोजप्रसाद गुरागाईँलाई नै काम गर्न दिन अनुरोध गरेको छ।
गुरागाईंले महानगरमा काम गर्ने वातावरण नपाएको भन्दै मन्त्रालयलाई पत्र बुझाएका थिए। उनको आग्रहपछि मन्त्रालयले महानगरलाई पत्र लेख्दै भनेको छ- '...हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेस गर्नुभएको हुँदा महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन अनुरोध छ।'

147
Shares

प्रतिक्रिया