प्रविधि


एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा

सुरुआती मूल्य ९९९ डलर, १८ घण्टासम्म ब्याट्री टिक्ने
एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १५:३६, काठमाडौँ

एप्पलले बुधबार एमफोर चिप, १८ घण्टासम्मको ब्याट्री टिक्ने क्षमता र नयाँ १२ मेगापिक्सेलको सेन्टर स्टेज क्यामेरासहितको नयाँ म्याकबुक बजारमा ल्याएको छ।

कम्पनीका अनुसार यसमा बिल्ट-इन डिस्प्ले, १६ जिबीको स्टार्टिङ युनिफाइड मेमोरी र एप्पल इन्टेलिजेन्ससँग म्याकओएस सिकोइयाको क्षमताका अतिरिक्त दुईवटा बाहिरी डिस्प्ले पनि छन्।

यसको मूल्य शैक्षिक प्रयोगका लागि ८९९ डलरबाट सुरु भई ९९९ अमेरिकी डलरसम्म रहेको नयाँ १३ र १५ इन्चको म्याकबुक एयर बुधबार प्रि-अर्डरका लागि उपलब्ध हुने एप्पलले जनाएको छ।

कम्पनीले भनेको छ, ‘पातलो र हल्का फ्यानलेस डिजाइन, दिनभर टिक्ने ब्याट्री क्षमता र एप्पल इन्टेलिजेन्सको साथ म्याकओएस सिकोइयाको अविश्वसनीय क्षमताको साथ आएको म्याकबुक एयर कुनै पनि अन्य ल्यापटप भन्दा फरक छ।’

‘सुरुआती मूल्य ९९९ डलर भएको म्याकबुक एयरले उपभोक्ताहरूलाई पहिलेभन्दा बढी सेवा र लाभ प्रदान गर्दछ’, एप्पलका ग्लोबल मार्केटिङका वरिष्ठ उपाध्यक्ष ग्रेग जोसवियाकले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad