स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विकास देवकोटा बढुवा भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको एक मन्त्रीले नेपालखबरसँग बताए।
प्राविधिक सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंह फागुन १२ गते ५ वर्षे पदावधि पूरा गरी सेवानिवृत्त भएपछि मन्त्रालय सचिवविहीन थियो।
स्वास्थ्य मन्त्रालयका दुई सचिवले पाए अवकाश
सरकारले निजामती सेवातर्फ मदन भुजेललाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ। उनी यसअघि मधेस प्रदेशको कायममुकायम प्रमुख सचिव थिए।
मन्त्रिपरिषद्को पुस २६ गते बसेको बैठकले उनलाई कामु प्रमुख सचिवमा मुकरर गर्ने निर्णय गरेको थियो।
भुजेल यसअघि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव थिए। यसअघि उनले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा पनि जिम्मेवारी सम्हालेका छन्। उनी हेटौँडा नगरपालिकामा प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए।
Shares

प्रतिक्रिया