समाज


मदन भुजेल मधेस प्रदेशको कायममुकायम प्रमुख सचिवमा मुकरर

मदन भुजेल मधेस प्रदेशको कायममुकायम प्रमुख सचिवमा मुकरर

नेपालखबर
माघ १, २०८१ मंगलबार १३:२४, काठमाडौँ

नेपाल सरकारका सहसचिव मदन भुजेल मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कायममुकायम प्रमुख सचिवमा मुकरर भएका छन्।

मन्त्रिपरिषद्को पुस २६ गते बसेको बैठकले उनलाई प्रमुख सचिवमा मुकरर गर्ने निर्णय गरेको हो। प्रमुख सचिव निजामती सेवाको विशिष्ट श्रेणीको कर्मचारी रहने पद हो। 

भुजेल यसअघि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव थिए। यसअघि उनले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा पनि जिम्मेवारी सम्हालेका छन्। उनी हेटौँडा नगरपालिकामा प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad