समाज


स्वास्थ्य मन्त्रालयका दुई सचिवले पाए अवकाश

स्वास्थ्य मन्त्रालयका दुई सचिवले पाए अवकाश

नेपालखबर
फागुन ११, २०८१ आइतबार २१:४१, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राविधिक सचिव डा रोशन पोखरेल र अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंह सेवानिवृत्त भएका छन्।

विशिष्ट श्रेणीमा ५ वर्षे सेवा अवधि पूरा गरी प्राविधिकतर्फका सचिव पोखरेल र अतिरिक्त सचिव सिंह आइतबार सेवानिवृत्त भएका हुन्।

उनीहरू दुवै जना २०७६ फागुन १२ गते स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञमा बढुवा भएका थिए।

मन्त्रालयले स्वास्थ्य सचिव पोखरेल र अतिरिक्त सचिव सिंहको आइतबार बिदाइ कार्यक्रम गरेको थियो। योसँगै स्वास्थ्यमा प्राविधिक सचिव र अतिरिक्त सचिव रिक्त भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad