गृहमन्त्री रमेश लेखकले धेरै पुराना अपराधीहरू पनि अहिले पक्राउ परेको बताएका छन्।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्। सरकारको काम पनि देखिएको उनको दाबी छ।
उनले भने, 'सरकारको काम देखिएको छ। कुनै पनि अपराधका अपराधीहरू पक्राउ परेका छन्। अनुसन्धान भएको छ। कानुन बमोजिम कारबाही भएको छ। धेरै पुराना अपराधीहरू पनि अहिले पक्राउ परेका छन्।’
उनले आधारभूत प्रहरीलाई धेरै सुविधा हुनेगरी विधेयक ल्याइएको दाबी गरे।
69
Shares

प्रतिक्रिया