प्रतिनिधिसभाबाट ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ स्वीकृत भएको छ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त अध्यादेश बहुमतले स्वीकृत गरेको हो। अध्यादेश अस्वीकृत गर्न परेको सूचना बहुमतले अस्वीकृत भयो।
त्यसपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुतगरे। उक्त प्रस्ताव बहुमतले पारित भएको छ। यससँगै सरकारलाई अध्यादेशको ठाउँमा प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला भएको छ।
117
Shares

प्रतिक्रिया