नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको राजीनामा माग गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा उनले अर्थ समितिमा विधेयक छलफलमा रहँदा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, ०८१ ल्याइएको भन्दै आपत्ति जनाउँदै उनले राजीनामा मागेका हुन्।
'मानीनय अर्थमन्त्रीज्यूले ०८१ साउन ३२ गते यो सदनमा पेस गर्नुभएको विधेयकलाई गरिमामय सदन छलेर अध्यादेश बनाएर पेस गर्नुभएकाले तत्काल नैतिकताका अधारमा राजीनामा दिनुस्,' उनले भने ।
177
Shares

प्रतिक्रिया