राजनीति


कुलमान घिसिङबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

कुलमान घिसिङबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

नेपालखबर
फागुन २१, २०८१ बुधबार १३:४१, काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कारबाहीबारे जानकारी गराउन संसद् बैठकबाट रुलिङ गरेका छन्। विपक्षीले गरेको मागअनुसार सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन्। 

'आजको बैठकमा सबै प्रतिपक्षीले राखेको विषय, अन्य माननीयहरूले शून्य, विशेष समय र आकस्मिक समयमा राख्नु भएको विषयमा प्रतिनिधि सभा नियमावली, २०७९ नियम १५ उपनियम २ बमोजिम सम्बन्धित मन्त्रीहरूको ध्यानाकर्षण गराउँछु। साथै सभालाई जानकारी गराउन निर्देश गराउँछु' सभामुखले भने। 

संसद् बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही र रास्वपाका सांसद मनीष झाले यसबारे सरकारको जवाफ माग गर्दै रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad