आम जनता पार्टीका सांसद प्रभु साहले सांसद किनबेच हुन लागेको समाचार बाहिरिएको भन्दै यसबारे जवाफ दिन सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै उनले सभामुख देवराज घिमिरेलाई यस विषयमा गम्भीर हुन आग्रह गरे।
‘सरकार नै संसद किनबेचमा लागिरहेको समाचार सुनिरहेका छौैँ,’ साहले भने, ‘सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश पारित गराउन सरकारले यो काम गरिरहेको आरोप लगाउनु भएको छ।’
सांसद साहले अगाडि भने, ‘अहिलेको २१ औं शताब्दीको आधुकिन युगमा पनि सांसद किनबेचको कुरा लाजमर्दौ छ। साथै सिंगै संसद्को अपमानित हुने विषयमा सभामुख गम्भीर हुन जरुरी छ। आज सम्मानित संसदकै अपमान हुनेगरी समाचार सम्प्रेषण भइरहँदा सरकारले यसको जवाफ दिन जरुरी छ। होइन भने एउटा जिम्मेवार सांसदले यसो भन्न मिल्छ कि मिल्दैन? मिल्छ भने यसमा कानुन लाग्छ कि लाग्दैन?’
Shares

प्रतिक्रिया