राजनीति


माओवादी अवसरवादी हो, समाज परिवर्तन एमालेले मात्रै गर्न सक्छ : रामबहादुर थापा

माओवादी अवसरवादी हो, समाज परिवर्तन एमालेले मात्रै गर्न सक्छ : रामबहादुर थापा

नेपालखबर
फागुन १७, २०८१ शनिबार १६:५४, विराटनगर

नेकपा एमाले मोरङको दशाै अधिवेशन सुरु भएको  छ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादलले अधिवेशनको उद्घाटनमा गरे। 

अधिवेशनलाई सम्बोधन गर्दै माओवादी अवसरवादी पार्टी भएको  बताउँदै यो दलले समाजको परिवर्तन गर्न नसक्ने आरोप लगाए।

उनले माओवादी, जसपा जस्ता साना दलहरू अवसरवादी भएकोले यिनीहरूबाट पुँजीवाद, असमानता , सामाजिक विभेदको अन्त्य हुनै नसक्ने बताए। यो सबै कुराको अन्त्य समाजवादले गर्ने र समाजवाद ल्याउने काम एमालेले गर्ने उल्लेख गरे।  

थापा आफैँ पनि माओवादी पृष्ठभूमिका नेता हुन्। माओवादीले सशस्त्र युद्ध सुरु गर्दा थापा पनि एक नेतृत्वकर्ता थिए। पछि नेकपा एमाले-माओवादी एकता भएर नेकपा बन्यो। अदालतले उनीहरूको वैधतालाई प्रश्न उठाउँदै एकता भंग गरिदिँदा उनी एमालेतर्फ लागे। 

अहिलेको आर्थिक असमानता, पुँजीवादको अन्त्य र राजनीति अस्थिरताको अन्त्य गरी समृद्धि ल्याउने काम एमालेबाट मात्रै हुने बताए  । उनले भने,'पार्टीलाई सुधार, सुदृढ र विस्तार गर्ने काम अहिले एमालेले जिल्ला तहसम्म निर्देशन जारी गरिएको छ।'

उनले सक्षम र योग्य पार्टी निर्माणको लागि त्यस्तै नेतृत्व आवश्यक हुने भएकोले सबैले स्वीकार गर्ने नेतृत्व छान्नु पर्ने बताए  ।  

एमालेभित्र सहमतीय र बहुमतीय दुवै विधि प्रयोग हुँदै नेतृत्व चयन हुने गरेको भए पनि उनले पार्टी निर्माणको सहमतीय विधिबाट नेतृत्व चयन गरेर जाने पार्टी नीति रहेको बताए। 

'प्रतिस्पर्धीबीचमा सहमति खोजेर जानुपर्छ,' उनले भने, 'सहमतीय आधारमा अघि बढ्दा अहिले एमालेलाई बाहिरबाट भइरहेको आक्रमणलाई रोक्न सकिन्छ भन्ने हो।'

उनले चुनाव वा प्रतिस्पर्धामा जाने हो भने गुटबन्दी रहित बनाइ चुनावलाई निष्पक्ष बनाएर चुनाव गर्न सकिने  भए पनि सर्वसहमतिकाे आधारमा नेतृत्व चयन गर्न आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad