राजनीति


प्रदेश १ : संक्रमण रोक्न १० करोडको कोष

प्रदेश १ : संक्रमण रोक्न १० करोडको कोष

नेपालखबर
चैत ११, २०७६ मंगलबार १३:११,

प्रदेश नं १ सरकारले कोभिड–१९ को सम्भावित संक्रमण नियन्त्रण तथा रोकथामका लागि रु १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट रु १० करोड रकमजम्मा गरेको छ।

उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ। मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना सूचना कक्ष स्थापना गर्ने निर्णय भएको छ।

साथै सबै मन्त्रालयमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना ‘फोकल पर्सन’ तोक्ने र उनीहरुले प्रत्येक दिन कोरोनासम्बन्धी सूचना उपलब्ध गराउने जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad