पहिलो दिनको लक डाउन उल्लंघन गर्ने ६८ जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ।
प्रहरी प्रवक्ता शैलेश थापाका अनुसार कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४, रुपन्देहीबाट ७, झापाबाट ४, सुनसरीबाट ४, पर्साबाट ३, सिरहाबाट २, कञ्चनपुर २ र धनुषाबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
लक डाउन पालन नगरी चलाइएका १ हजार ५ सय ७१ सवारी साधनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
थुप्रैलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको बताइएको छ। चितवनमा १० जनालाई जिल्ला प्रशासनले जनही एक हजार रुपैयाँका दरले जरिवाना तिराएर छाडेको छ। यस्तै अन्य धेरैलाई सम्झाई बुझाई गरेर छाडिएको प्रवक्ता क्षेत्रीले बताए।
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको रोकथामका लागि सरकारले एक साताका लागि लक डाउनको निर्णय गरेको हो।
याे पनि:
जनकपुरमा सुरक्षा व्यवस्था कडा, ‘लकडाउन’ अवज्ञा गर्नेलाई पक्राउ र लाठी प्रहार

प्रतिक्रिया