राजनीति


माओवादीको हुलाकी राजमार्ग केन्द्रित जागरण सुरु

माओवादीको हुलाकी राजमार्ग केन्द्रित जागरण सुरु

नेपालखबर
फागुन १२, २०८१ सोमबार १६:२३, विराटनगर

नेकपा माओवादी केन्द्रले तामझामका साथ हुलाकी राजमार्ग केन्द्रित जागरण सुरु गरेको छ। नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ झापाको कचनकवलबाट सुरु गरेको हो।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त अभियान झापाको कचनकवलबाट उद्घाटन गरे।

माओवादीले संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि अभियान सञ्चालन गरिएको जनाएको छ। 

सुरुवात गर्दै प्रचण्डले दलाल, बिचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न यो अभियान सुरु भएको बताए। 

उनले  अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुई दलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिनु अभियानको उद्देश्य रहेको उनले बताए।

अभियान नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, अग्नी सापकोटा, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, शक्ति बस्नेतलगायत सहभागी छन्। 

आज झापाबाट सुरु भएको अभियान १३ गते मोरङ, १४ गते सुनसरीका विभिन्न पालिकामा कार्यक्रम गरी मधेस प्रदेश हुँदै अभियान सञ्चालन हुने माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad