नेकपा (एमाले)का सांसद योगश भट्टराईले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङमा कबलकार निर्माणको काम अगाडि बढेको दाबी गरेका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईलेसरकारले संवैधानिक व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मेवारी निजी संस्थालाई दिएको दाबी गरेका हुन्।
'संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संवैधानि व्यवस्थाअनुसार नै ताप्लेजुङमा केबलकार निर्माण गर्न एउटा नीजि संस्थालाई जिम्मेवारी दिएको छ। विरोध गर्ने अधिकार सबैलाई हुन्छ। तर विरोधका सिमा हुन्छन्,' उनले भने, 'त्यसलाई सभ्य, संयमित र शान्तीपूर्ण ढंगले अगाडि बढाउनुपर्छ भन्ने हामी सबैको मान्यता हो। तर दुर्भाग्यवस हिजो बेलुका केबुलकार विरोधी समूहबाट भएको मसाल जुलुसको क्रममा ताप्लेजुङ बजार एकदमै अशान्त भयो। सर्वसाधारणको घरमा आगो फाल्ने काम भयो। सुरक्षाको निम्ति बसिरहेका सुरक्षाकर्मीहरूमाथि सांघातिक हमला गर्ने काम भयो। थुप्रै सुरक्षाकर्मी पनि घाइते हुने स्थिति सिर्जना भएको छ।'
'विकासको विरोधि कोही पनि छैन। धर्म र संस्कृतिको विरोधी कोही पनि छैन। धर्म र संस्कृतिलाई जब हामी व्यत्तिका नीजि स्वार्थमा हामी प्रयोग गर्न थाल्छौं,' उनले भने, 'धर्म र संस्कृतिलाई जब राजनीतिका प्रवेश गराउन थाल्छौं। त्यसले भयंकर विवादको स्वरुप लिन्छ। नेपाल जस्तो समन्वय र सककार्यकारी संघीयता भएको देशमा यस्तो परिस्थिति आउनु दुःखद् हो।’
Shares

प्रतिक्रिया