राजनीति


एमसीसीमा कांग्रेस-माओवादीको सरकार हुँदा मैले हस्ताक्षर गरेको हुँ : ज्ञानेन्द्र कार्की

एमसीसीमा कांग्रेस-माओवादीको सरकार हुँदा मैले हस्ताक्षर गरेको हुँ : ज्ञानेन्द्र कार्की

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०८१ आइतबार १३:१७, काठमाडौँ

नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार बनेको बेलामा हस्ताक्षर गरिएको बताएका छन्।  

अर्थ समितिको आइतबारको बैठकमा उनले केही दिनअघि एक जना सांसदले कसको पालामा हस्ताक्षर भएको हो भन्दै प्रश्न गरेको भन्दै आफू अर्थमन्त्री रहेको समयमा माओवादी र कांग्रेसको संयुक्त सरकारको तर्फबाट आफूले हस्ताक्षर गरेको बताएका हुन्।  

समितिको अघिल्लो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कसको पालामा हस्ताक्षर भएको भन्दै प्रश्न गरेका थिए। 

सोही प्रश्नको जवाफ दिँदै उनले बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल सबैले एमसीसी परियोजना अघि बढाएको बताए। 

'एक जना मान्यज्युले यहाँ बोल्नुभयो। एकदम भाइरल बनेर आएको छ। एमसीसीको बारेमा बोल्नुभयो। एमसिसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल जसले जसले सरकारको नेतृत्व गर्नुभयो, सबैले एमसिसी अघि बढाउनुभएको थियो। एमसिसीको कसले सही गरेको भन्नुभयो। मैले सही गरेको हो,' उनले भने, 'तर संयोगले सही गर्दा माओवादी र हाम्रो संयुक्त सरकार थियो। अनि त्यसलाई अनुमोदन संसदले गरेको हो। यी सबै विषयलाई कसरी प्रश्तुत गर्ने, समीक्षा गर्ने त्यसको पनि समीक्षा गरौँला। अमेरिकाको राष्ट्रपतिले के सन्दर्भमा भनेका छन्, त्यो सन्दर्भका निमित्त पनि हामीले गम्भीर भएरै छलफल गर्नुपर्छ। अन्तर्राष्ट्रिय जगतमा दिने एडको सन्दर्भमा अमेरिकन सरकारले जे किसिमको नीति बनाउँछ, सिनटेले त्यसबाट पारित भएका कुराहरूअनुसार नै अघि बढ्ला।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad