राजनीति


सांसद राईले सोधिन् : भन्सारमा विदेशीले प्रभाव काम पार्ने कसरी भयो?

सांसद राईले सोधिन् : भन्सारमा विदेशीले प्रभाव काम पार्ने कसरी भयो?

नेपालखबर
फागुन ११, २०८१ आइतबार १३:२२, काठमाडौँ

नेकपा (माओवादी केन्द) की सांसद दुर्गा राईले भन्सारमा नयाँ एजेण्टले काम नपाउने र विदेशी एजेण्टले बढी प्रभाव पारेको समाचार आएको भन्दै अर्थ मन्त्रालयसँग जवाफ माग गरेकी छन्।  

आइतबार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफलमा सहभागी हुँदै उनले यस्तो बताएकी हुन्। 

उनले भन्सार अर्थतन्त्रसँग प्रत्यक्ष जोडिने भन्दै भन्सारमा हुने गतिविधिले अर्थतन्त्रमा प्रत्यक्ष असर पुग्ने बताए। उनले मुलुकलाई कतातिर लैजाने भन्नेकुरा भन्सारका गतिविधिले पनि तय गर्ने बताइन्। 

‘भन्सार अर्थतन्त्रसँग प्रत्यक्ष जोडिन्छ। मुलुकको अर्थतन्त्रमा नै प्रभाव पार्दछ। भन्सारमा हुने गतिविधिले सिधा अर्थतन्त्रमा प्रभाव पार्दछ। मुलुकलाई कतातिर लैजाने भन्नेकुरा भन्सार विभागको गतिविधिले असर पार्दछ,' उनले भनिन्, 'भन्सारमा नयाँ एजेण्टले काम नपाउने र विदेशी एजेन्टले बढी प्रभाव पारेको भन्ने छ। यो बारेमा के हो समितिसँग र अर्थ मन्त्रालयसँग मेरो जिज्ञासा छ। नेपालको भन्सार एजेण्टले किन काम पाउन सकेका छैनन्?’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad