राजनीति


सरकार अध्यादेशको पासोमा पर्‍यो : माओवादी

सरकार अध्यादेशको पासोमा पर्‍यो : माओवादी

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १८:२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)ले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरेको छ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद् बोलाएको २१ दिनमा अध्यादेश अघि बढ्न नसकेको र सदनको काम शून्य भएकाले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरे।

सबैभन्दा बढी प्रभावकारी हुनुपर्ने संस्था सदन भए पनि आरोप-प्रत्यारोप थलो बन्न पुगेको उनले बताए। प्रवक्ता सापकोटाले दुईतिहाइको कुरा गर्ने सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको आरोप लगाए। सरकारले ल्याएको अध्यादेश समेत निश्चित वर्ग र घरानालाई फाइदा हुनेगरी आएको समेत बताए।

सापकोटाले सरकारका सबै क्रियाकपाल हेर्दा ठूला दुई दल मिलेर बनेको सरकार तानाशाहीकरणतर्फ उन्मुख रहेको जिकिर गरे। सरकारको क्रियाकलापविरुद्ध बोल्न पाउने नागरिकको अधिकारलाई समेत कुन्ठित गर्ने काम सरकारले गर्न खोजेको उनको भनाइ थियो।

उनले प्रतिगमनको खतराविरुद्ध खबरदारी गर्दै संविधानको रक्षा गर्न माओवादी जनतातर्फ फर्किएको जिकिर गरे। जनस्तरमा संगठन सुदृढीकरणका लागि जनतासँग माओवादी अभियानअन्तर्गत फागुन १२ गते झापाबाट सुरु गरी चैत्र ८ गते कञ्चनपुरमा गएर समापन हुने उनले जानकारी दिए।

उक्त अभियान सम्पन्न भएपछि मध्यपहाडी लोकमार्ग दुईमहिने अभियान सञ्चालन हुने प्रवक्ता सापकोटाले बताए। सो क्रममा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृतिको विरोध र भण्डाफोर गर्ने उनको भनाइ छ।

उनले ढिलो नगरी सवै पार्टीसँग छलफल गरी सरकारले विश्व दृष्टिकोण तयार गर्नुपर्ने धारणा राखे। वर्तमान सरकारको कुशासनले गर्दा पूर्वराजाले व्यवस्थाविरुद्ध बोल्ने अवस्था सिर्जना भएको जिकिर गरे। मुलुकमा राजा फर्कने कुरा शतप्रतिशत असम्भव रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad