राजनीति


बाबुराम भट्टराईलाई प्रकाशचन्द्र लोहनीको प्रश्न : यो देश तपाईंको बिर्ता हो?

बाबुराम भट्टराईलाई प्रकाशचन्द्र लोहनीको प्रश्न : यो देश तपाईंको बिर्ता हो?

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १३:५२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई ‘स्टालिनवादको रन्को थाम्ने र फासिस्ट कित्तामा पुग्ने’ रवैया त्याग्न सुझाएका छन्। नेपाल देश भट्टराईको बिर्ता नभएको समेत लोहनीले टिप्पणी गरेका छन्।

‘के यो देश तपाईंको बिर्ता हो? अथवा तपाईंमा अझ पनि स्टालिनवादको रन्को बाँकी छ? अरू सबै बेठिक र म मात्रै जान्ने र सत्यको अन्तिम हकदार भन्ने चिन्तन विस्तारै फासिस्ट कित्तामा पुग्छ, यस्तो यात्रामा नलाग्नुस्,’ वरिष्ठ राजनीतिज्ञ डा लोहनीले सामाजिक सञ्जालमा भनेका छन्।

पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको भिडियो बक्तव्यमा राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको उन्नति र समृद्धिका लागि सहयोग गर्न देशवासीलाई आह्वान गरेपछि पूर्वप्रधानमन्त्री भट्टराईले पूर्वराजाले सीमा नाघेको र कारबाही गर्नुपर्ने मत सार्वजनिक गरेका थिए।

भट्टराईको सो भनाइप्रति कटाक्ष गर्दै डा. लोहनीले प्रतित्यत्तर दिएका हुन्। ‘मित्र बाबुराम भट्टराईजी, राजा ज्ञानेन्द्रले अब म अगाडि बढ्छु भन्दा तपाईंलाई धेरै रिस उठेछ। तपाईँ धेरै नरिसाउनुस् मित्रको ब्लड प्रेसर बढ्ला भन्ने चिन्ता छ,’ लोहनीले भने।

राजाले देशको दुर्दशा हेरेर बस्न सकिँदैन भन्दा आपत्ति जनाउनुको औचित्य नभएको बताएका छन्। 

‘तपाईंले राजनीति गर्न हुने र राजा ज्ञानेन्द्रले देशको दुर्दशा अब हेरेर बस्न सकिँदैन, म अगाडि आउँछु, सहयोग गर्नुस् भन्न नपाइने?’ उनको प्रश्न छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad