राजनीति


प्रकृति लम्साल मृत्यु प्रकरणबारे मन्त्रिपरिषद्‌मा छलफल, रिपोर्ट आएपछि थप कदम चालिने

प्रकृति लम्साल मृत्यु प्रकरणबारे मन्त्रिपरिषद्‌मा छलफल, रिपोर्ट आएपछि थप कदम चालिने

किट विश्वविद्यालय र प्रकृति लम्सालको फाइल तस्बिर


नेपालखबर
फागुन ७, २०८१ बुधबार १०:२, काठमाडौँ

भारतको विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालका विषयमा मृत भेटिएको घटनाबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ। 

मंगलबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा लम्साल मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गराई दोषीलाई कारबाही गराउने विषयमा छलफल भएको बैठकमा सहभागी कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले जानकारी दिए। 

‘त्यो विषयमा व्यापक छलफल भयो’, मन्त्री अधिकारीले बुधबार बिहान नेपालखबरसँग भने, ‘राज्यको तर्फबाट नेपाल प्रहरीका वरिष्ठ अधिकारी दूतावासका माध्यमबाट त्यहाँ पठाइएको छ। उताबाट रिपोर्ट आएपछि थप छलफल गर्ने भनिएको छ।’

केआईआईटीमा बी-टेक तेस्रो वर्षमा पढ्ने प्रकृति लम्साल आइतबार साँझ होस्टेलमै मृत भेटिएकी थिइन्।

यस घटनामा अहिलेसम्म ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ।

 

     

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad