राजनीति


विदेशी भूमिमा नेपालको स्वाभिमानमाथि धावा बोलियो, ओडिसा घटनाको छानबिन होस् : सांसद विश्वकर्मा

विदेशी भूमिमा नेपालको स्वाभिमानमाथि धावा बोलियो, ओडिसा घटनाको छानबिन होस् : सांसद विश्वकर्मा

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १५:१२, काठमाडौँ

राष्ट्रिय सभा सदस्य तुलप्रसाद बिश्वकर्मा (राजेश विक)ले ओडिशा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय जनमोफर्चाका सांसद विकले यस्तो बताएका हुन्। 

उनले नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको लागि नेपाली विद्यार्थीले आन्दोलन गर्दा अनुसन्धान गर्नुको साटो उल्टै उनीहरूलाई कलेज र होस्टेलबाट निकाएलिएको भन्दै दुःख व्यक्त गरे।

उनले प्रकृति लम्सालले आफूमाथि दुव्र्यवहार भइरहेको रिपोर्ट गरेको भएपनि विश्वविद्यालय प्रसाशनले बेवास्ता गर्दा यस्तो घटना भएको बताए। उनले उक्त घटनाम संलग्न अपरधीलाई उम्किने छुट नदिन सरकारको ध्यानाकर्षण गराए।

उनले भने,‘आज दुःखका साथ भन्नु परिरहेको छ कि यो देशको स्वाभिमान निहुरिएको छ। र सम्पूर्ण नेपालीको स्वाभिमानमाथि फेरि विदेशी भूमिमा धावा बोलिएको छ। भारतको ओडिशा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत बुतवलका प्रकृति लम्सालको जुन संकास्पद रुपमा होस्टेलमा मृत शरीर फेला पर्‍यो। त्यसलाई लिएर त्यहाँ अध्ययन गर्ने नेपाली विद्यार्थीहरूले प्रशासनलाई दबाब हाले। त्यो दबाब स्वरुप प्रशासनले सत्यतथ्यको छानबिन गर्नुको बदला विद्यार्थीलाई रेस्टिगेट गर्ने, होस्टेल र कलेजबाट निकाल्ने र उनीहरूलाई बसमा राखेर रेलवे स्टेसनमा छोड्ने काम भयो।’

उनले थपे, ‘यो अत्यन्तै दुःखद् घटना हो। लम्सालले रिपोर्ट गर्दा समेत त्यहाँको प्रशासनले कुनैपनि सुरक्षाको प्रत्याभूति  गरेन। त्यसको फलस्वरुप उनको मृत्यु हुन पुगेको छ। र अहिले त्यहाँका विद्यार्थीहरूले प्रशासनलाई दबाब हाल्दाखेरि उनीहरूमाथि जुन दुर्व्यवहार भएको छ।’

सांसद विकले नेपाली विद्यार्थीमाथि भएको ज्यादती रोक्न पहल गर्न समेत सरकारसँग माग गरे।

सांसद मदनकुमारी शाह गरिमाले ओडिसा घटनाले नेपालको मन अपमानको आगोमा जलिरहेको बताइन्। उनले ओडिसा घटनामा नेपालले एउटा सुन्दर सपना देखेको सक्षम युवा गुमाएको बताइन्। 

विश्वविद्यालयले घटनाको छानबिन गर्नुको सट्टा आफ्नो इज्जत जोगाउन विज्ञप्ति निकालेको भन्दै आपत्ति जनाइन्। यस घटनाको सत्यतथ्य छानविन गर्न कुटनीतिक पहलका लागि नेपाल सरकारको ध्यानार्काण गराइन्।

बैठकमा बोल्ने अधिकांश सांसदहरूले ओडिसा घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन्। 

विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी  छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ पश्चात विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दुव्र्यवहार गर्ने सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिष्ट्रारले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad