राजनीति


स्ववियुमा २८ वर्षे उमेर हद, यस्ता विद्यार्थीमात्रै पाउनेछन् निर्वाचनमा भाग लिन

स्ववियुमा २८ वर्षे उमेर हद, यस्ता विद्यार्थीमात्रै पाउनेछन् निर्वाचनमा भाग लिन

नेपालखबर
फागुन ४, २०८१ आइतबार १६:४६, काठमाडौँ

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उमेर हद लागू हुने भएको छ। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्‌ले चैत ५ गते हुने विद्यार्थीको निर्वाचनमा उमेर हद लगाएको हो। निर्वाचनमा उम्मेदवार बन्ने व्यक्ति मनोनयन पेस गर्ने दिन २८ वर्ष नपुगेको, मतदाता भएको हुनुपर्नेछ।

त्रिवि कार्यकारी परिषद्ले जारी गरेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका-२०८१ अनुसार मनोनयन दिनेदिनसम्म २८ वर्ष नपुगेको र मतदाता नामावलीमा नाम भएको व्यक्तिले समितिको कुनै एक पदमा मात्रै उम्मेदवारी दिन सक्नेछन्।  

निर्देशिकामा उल्लेख छ, ‘उदाहरणका लागि २०८१ साल चैत्र ५ गते हुने निर्वाचनमा उम्मेदवारी दाखिला मिति २०८१/११/२७ भएमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ २०५३/११/२८ वा सोभन्दा पछिको जन्म मिति भएको विद्यार्थीहरूले उम्मेदवारी दिन पाउने छन्।’ 

त्यस्तै सरकारी निकाय, संस्थान तथा सरकारी जागिरमा कतै करारमा कार्यरत रहेको व्यक्ति पनि स्ववियुको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्।   

परिषद्‌ले कस्ता विद्यार्थी निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने भन्ने पनि स्पष्ट पारेको छ। 

‘कुनै पनि तहको अन्तिम सेमेस्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षा दिइसकेका विद्यार्थीहरू निर्वाचनको कुनै पनि प्रकृयामा सहभागी हुन पाउने छैनन्,' निर्देशिकामा उल्लेख छ, 'प्रमुख अतिरिक्त विषय अध्ययन गर्ने तर ट्रान्सक्रिप्ट नपाउने अवस्थाका विद्यार्थीहरू मतदाता नामावलीमा समावेश गरिने छैन।’

स्नातकोत्तर तह प्रथम सेमेष्टर, स्नातक तह प्रथम सेमेष्टर र स्नातक तह प्रथम वर्षमा विद्यार्थी भर्ना सम्बन्धी शिक्षाध्यक्ष तथा डीन कायर्यालयबाट सूचना जारी गरी तोकिएको मितिसम्म भर्ना भएका विद्यार्थीहरू मात्र मतदाता बन्न पाउनेछन्। त्यस्तै अन्य सेमेष्टर तथा वर्षमा अध्ययन गर्ने विद्यार्थीको हकमा मतदाता नामावली प्रकाशित हुने मितिभन्दा पाँचदिन अघिसम्म नियमानुसार भर्ना भएका विद्यार्थीहरूलाई मतदाता नामावलीमा समावेश गरिने निर्देशिकामा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad