राजनीति


प्रेम सुवालको प्रश्नमा ओलीले भने : अहिलेकै अवस्थामा भ्रष्टाचारीलाई मृत्यु दण्ड दिन सकिँदैन

प्रेम सुवालको प्रश्नमा ओलीले भने : अहिलेकै अवस्थामा भ्रष्टाचारीलाई मृत्यु दण्ड दिन सकिँदैन

नेपालखबर
फागुन ४, २०८१ आइतबार १५:३७, काठमाडौँ

प्रधानमन्त्री ‌केपी शर्मा ओलीले कसैलाई मृत्यु दण्ड दिँदैमा समस्याको समाधान नहुने बताएका छन्। 
आइतबार प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रमअन्तर्गत नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अहिलेकै कानुनी व्यवस्थाअनुसार भ्रष्टाचारीलाई मृत्यु दण्ड दिन नसकिने बताएका हुन्।  

‘कानुनले गरेको फैसला मान्छेले नै गर्ने हो। कहिलेकाहिँ प्रमाण नपुगेको हुनसक्छ, प्रमाण फरक ढंगले देखिएको हुनसक्छ र, फैसला उपयुक्त नहुनपनि सक्छ। मृत्युदण्ड नै दिइसकेपछि त त्यो फैसला सच्याउन सकिँदैन । कसैलाई ज्यान दिन सकिन्दैन भने कसैको ज्यान लिन पनि हुँदैन’ उनले भने। 

उनले नेपालको संविधानको धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने हकमा कसैलाई मृत्युदण्डको सजाय दिनेगरी कानुन नबनाइएको पनि बताए।  

'नेपालको संविधानको धारा १६ मा रहेको सम्मानपूर्वक बाँच्न पाउने हकमा कसैलाई पनि मृत्युदण्डको सजाय दिनेगरी कानून नबनाइने कुरा उल्लेख भएको र मृत्युदण्ड उन्मुलन गर्ने उद्देश्यले व्यवस्था भएको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तराष्ट्रिय प्रतिज्ञापत्रको दोस्रो स्वेच्छिक प्रोटोकल, १९८९ को नेपाल पक्षराष्ट्र समेत रहेको हुँदा माननीयज्यूले माग गर्नु भएझैँ भ्रष्टाचारीलाई मृत्युदण्ड गर्ने कानुनी व्यवस्था गर्न मिल्ने देखिँदैन' उनले भने।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad