राजनीति


छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु : गृहमन्त्री लेखक

छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु : गृहमन्त्री लेखक

नेपालखबर
फागुन ४, २०८१ आइतबार १५:४१, काठमाडौँ

संयुक्त राजनीतिक दलित संघर्ष समितिले जातीय विभेद लगायतका विषयमा गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार गृह मन्त्रालय पुगेर समितिका संयोजक लोकबहादुर विश्वकर्माको टोलीले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्नुहुँदै गृहमन्त्री लेखकले जातीय विभेद निर्मुल हुनुपर्छ भनेर सरकार पनि लागिपरेको बताए।

‘संविधान निर्माणका क्रममा सबै समुदायका मौलिक हकलाई सुनिश्चिता हुने गरी राख्नुपर्छ भन्ने मान्छे हुँ। त्यही अनुसार सबै राजनीतिक दलबिच सहमति भएको हो। जातीय विभेदलाई निर्मुल हुनुपर्छ भनेर म संधै लागि परेको छु,’ उनले भने। 

गृहमन्त्री लेखकले जातीय विभेद र छुवाछुतका विषय हेर्र्न विशेष प्रहरी डेस्क बनाउने बताए। ‘प्रहरी प्रधान कार्यालयमा एउटा डेस्क बनाउछु। उसलाई ७७ जिल्लामै डेस्क बनाउन भन्छु,’ उनले थपे। 

आफू गृहमन्त्री भएपछि नेपाल प्रहरीमा दलित समुदायबाट डम्बर विश्वकर्मा डीआईजी भएको बताए। ‘डम्बर विश्वकर्मा एसएसपी हुनुहुँदो रहेछ। डिआइजी बढुवा गर्दा डम्बरलाई नछुटाइ गर्नु भनेँ,' उनले भने, 'नेपाल प्रहरीमा पहिलो पटक एक जना डिआइजी हुनुभयो।'

निर्वाचनसम्बन्धी ऐनमा महिला र दलितको विषय ज्यादा महत्वका साथ आफूले लिएको गृहमन्त्री लेखकले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad